काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको  छ ।

अध्यक्ष ओलीको निजी निवास बालकोटमा उहाँहरुबीच भएको भेटवार्तामा सरकार बिस्तार, सभामुखको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल अध्यक्ष ओलीलाई भेट्न बिहानै बालकोट पुग्नुभएको हो । उहाँहरुबीच अहिले छलफल भइरहेको छ ।