• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना


  • खुला नेपाल
  • बुधबार, माघ ४, २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उपप्रधानमन्त्री पौडेलले सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया