• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य


  • खुला नेपाल
  • बुधबार, माघ १८, २०७९
  • 2K
    SHARES

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू पाँच सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख पाँच हजार आठ सयमा कारोबार भएकामा आज रू पाँच सयले बढेर एक लाख ६ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ पुगेको छ ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया