शीर्षक :हारेको मानिस प्रिय होस् (गद्य भावको रचना ) ————
हारदा पनि रमाइलो बनोस्
जीवनको पल र हारेको
जस्कालागि त्यो मानिस
प्रिय र आफ्नो होस् !
जित पनि रमाइलो बनोस्
त्यो जित आफूसित होस् र
आफैसित खुशी आफ्नो मन
बनोस् हारेको पल
सम्झियोस् ।
समयको महत्वलाई
समयमै बुझ्न सकियोस्!
समयले सम्मान गर्छ भन्ने
कुरा समयमा बुझियोस् !
आउँदैन गएको समय
यसैले यसको सम्मान
गरियोस् !
समयले धेरै दिन्छ भन्ने
राम्रो कुरा बुझियोस् !!
१
गन्तव्यको पत्तो होस् पुग्न
प्रयास पनि बलियो
गरियोस् र कर्म पनि हरपल
असल गरियोस्!
पुग्नु नपुग्नु त भाग्य
आफ्नो हो तर कर्मै नगरी
यो मन पटक्कै नथाकोस्
र कर्म नगरी फलको आशा
मनले कदापी नगरोस्!
२
हावा जस्तो सितल
बनियोस् पानी जस्तो
निर्मल बनियोस् ,आकास
जस्तै उद्दार बनियोस् र
धर्ती जस्तै महान र
सहनशील बनियोस्!
सही समय ,सही दिशा र
सही निर्णयको सही ज्ञान र
क्षेमता रहोस् !
३
मुस्कानका लहरहरु खोस्न
हैन दिन पाइयोस हरेक
ओठहरुलाई !
पिडा,कष्टका कहरहरु
भगाउन सकियोस हर
मनहरुलाई !
चोटबाट पन्छाएर सबै
मनलाई खुशीको प्रहर दिनु
धर्म बुझियोस्
अज्ञानताका प्रहरहरु प्रयोग
नगरिसोस् कहिल्यै र
नखोसियोस् खुशी कसैको
कहिल्यै मनबाट!
शिक्षाको उज्यालो सबैको
दिलमा भर्न सक्ने कर्म गर्न
सकियोस् !
४
अन्न जस्तै फलिभूत बनेर
प्राणीको रक्षार्थ बॉचियोस्!
फलफूल जस्तै फलदायी
भैयोस् र
घाम सरिको त्यागमय कर्म
गर्न सकियोस !
चन्द्र जस्तै अति प्रिय बनेर
मुटुमा उज्यालो मायॉ
छरियोस् र हृदयमा जगमग
ताराको उमारियोस् !
कर्म सँधै असल गरियोस्,
धरातलमा बसेर रमाउन
सकियोस !
कसैले गलत बुझे पनि
आफ्नो मन र मुटुसित
असल भैयोस् !
लहरिएर झॉङ्गीएर लहरा
सरि बनियोस् !
मनका रहरहरु फलिभूत
बनोस्
तनका कहर बडारिएर,
पर पर गैदियोस्!
जीवन पिडारहित उज्यालो
घामको विहहानीको
लालीसरी सबैको बनोस् !
बॉच्ने रहर सबैको
बुझियोस्!
सजिएर धनका पल शहर
भरी रमाएको मन
बनेर घुमोस् !यति कर्म गर्न
सकियोस् !! ५
शुभा
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
