काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले भारतसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली टाेलीले दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमण गर्ने भारतीय फुटबल महासंघ (एआईएफएफ) ले शनिबार जानकारी दिएकाे छ । नेपालले भारतसँग फागुन ३ गते पहिलो र फागुन ६ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
दुवै खेल चेन्नईस्थित जवाहरलाल नेहरु रंगशालामा नेपाली समयअनुसार साँझ पाैने८ बजेदेखि सुरु हुनेछ । भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टाेली हाल बन्द प्रशिक्षणमा छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
