काठमाडौं । ​​​​​​​नेपाली काँग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) ले समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वीकार्ने संकेत दिएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले आफ्नो उम्मेदवारलाई समर्थन गरे प्रधानमन्त्री दाहाललाई काँग्रेसले पनि ५ वर्ष नै समर्थन गरेर अघि बढ्ने बताएका हुन् ।

प्रवक्ता महतले एमालेले राष्ट्रिय सहमति नचाहेको अवस्थामा प्रधानमन्त्रीले आफ्नो पार्टीले के निर्णय गर्ने भन्ने कुरालाई ध्यान दिन जरुरी रहेको बताएका छन् । प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली काँग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिने बताए ।

प्रवक्ता महतले सबैभन्दा ठूलो दल सरकार बाहिर हुनु बिडम्वना भएको बताएका छन् । कुनैपनि दलको बहुमत नआउने अवस्थामा तेस्रो, चौथो पार्टी निर्णायक हुने अवस्था छ । उनले अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको बताएका छन् ।