• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

१५ जिल्लामा आजबाट हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै


  • खुला नेपाल
  • बिहिबार, फाल्गुन ११, २०७९
  • 3K
    SHARES

काठमाडौँ  । आजदेखि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु हुने भएको  छ । आज अर्थात् ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो ।  जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ ।

यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लमजुङ, पर्वत, बागलुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिक स्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।

प्रतिक्रिया