• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्रपति निर्वाचनमा कांग्रेस-एमाले सहकार्य हुनसक्छ : प्रदीप ज्ञवाली


  • खुला नेपाल
  • शुक्रबार, फाल्गुन १२, २०७९
  • 2K
    SHARES

काठमाडौँ  । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताउनुभएको छ।

पाँचथर सदरमुकाम फिदिममा आज पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताउनुभएको हो। मुलुकमा स्थिरता र भूराजनीतिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकारात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताउनुभयो ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाटो बिराएको समेत ज्ञवालीले टिप्पणी गर्नुभयो ।

आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस-एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उहाँको भनाइ थियो ।उपमहासचिव ज्ञवालीले आजै पाँचथरमा ग्रास रुट अभियानको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया