काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा निर्णायक वार्ता सुरु भएकाे छ ।

पुरानो गठबन्धन ब्यूँताउने तयारी भइरहेको बेला सत्ता गठबन्धनका प्रमुख घटक एमाले-माओवादीका दुई शीर्ष नेता ‘निर्णायक’ छलफलमा बस्नुभएकाे हाे ।

प्रचण्ड कांग्रेस नेतृत्वको पुरानै गठबन्धनको पक्षमा उभिएपछि ओली निर्णायक छलफलका लागि बालुवाटार पुुग्नुभएकाे हाे ।

एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ ।

बालुवाटार हिँड्नुअघि ओलीले अन्य दलको बैठकबारे अनभिज्ञता जनाउँदै पूर्वसहमति अनुसार एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनुभयाे ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भन्नुभयाे, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ । अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’