काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजेर ३१ मिनेटमा बस्ने बैठकका लागि विभिन्न ५ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिरिषद्काे कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यकाे कार्यभार ताेकिएकाे सम्बन्धी पत्रकाे ब्यहाेरा जानकारी गराउनुहुनेछ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यकाे नाम मनाेनयन गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिकाे वार्षिक प्रतिवेदन ०७८-०७९’ पेस गर्नुहुनेछ ।
बैठकमा राष्ट्रिय सराेकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय सराेकार तथा समन्वय समितिकाे आर्थिक वर्ष ०७५-७६, ७६-७७ र ०७७-७८ काे वार्षिक प्रतिवेदन कार्यान्वयनकाे अनुगमन एवं मूल्यांक प्रतिवेदन, २०७९’ पेस गर्नुहुने कार्यसूची छ ।
बैठकमा दलित समुदायका विभेद र उत्पीडनहरुकाे अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी संकल्प प्रस्तावमा छलफल हुने कार्यसूची पनि छ ।

-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
