काठमाडाैं । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र चयन हुनुभएकाे छ । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट मिश्र सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले मिश्रकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्न पार्टी नेतृत्वसँग आफूहरुले छलफल र परामर्श गरिरहेको बताउनुभयाे ।
सरकारकाे नेतृत्व जसले गरेपनि जनता एमालेकाे पक्षमा रहेका उहाँले बताउनुभयाे । अध्यक्ष नेपालले अहिलेकाे गठबन्धन सरकार धेरै समय नटिक्ने पनि बताउनुभयाे ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
