• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै


  • खुला नेपाल
  • बुधबार, चैत्र ८, २०७९
  • 722
    SHARES

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका लागि जसपाको कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

मुख्यतः बारा–२ को रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा चलिरहेको बेला कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

बारा–२ का प्रतिनिधिसभा सदस्य राम सहाय यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त सो निर्वाचन क्षेत्रमा अध्यक्ष यादवले उम्मेदवारीको तयारी गर्नुभएको हो ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आव्हान गरेको छ । सो बारेमा पनि छलफल हुने बताइएको छ ।

 

 

प्रतिक्रिया