• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

गण्डकीमा माओवादीले लियो सरकारकाे समर्थन फिर्ता,मन्त्रीहरुले आजै राजीनामा बुझाउँने


  • खुला नेपाल
  • शुक्रबार, चैत्र १०, २०७९
  • 855
    SHARES

काठमाडौँ । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको हाे ।

नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् । माओवादी मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

प्रतिक्रिया