अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका-७ खाँचीकोटस्थित विश्व प्रख्यात सुपा देउराली मन्दिरकाे दर्शन गर्नुभएकाे छ ।
पार्टीकाे मिसन ग्रासरुट अभियानमा सहभागी हुन अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क आउने क्रममा अध्यक्ष ओलीले आइतबार बिहान सुपा देउराली मन्दिरकाे दर्शन गर्नुभएकाे हाे ।
त्यसक्रममा अध्यक्ष ओलीलाई मन्दिर परिसरमा भव्य स्वागत गरिएकाे थियाे । उहाँलाई एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझी, प्रतिनिधि सभा सदस्य विजुला रायमाझी, सन्धिखर्क नगरपालिकका उपमेयर मिश्रा आचार्य लगायत एमालेका नेता-कार्यकर्ता, स्थानीय र मन्दिर दर्शन गर्न पुगेका दर्शकले स्वागत गरेका थिए ।
शनिबार कपिलवस्तु आइपुग्नुभएका अध्यक्ष ओली त्यतैबाट अर्घाखाँची आउनुभएकाे हाे ।
हेर्नुस् तस्विर:
.jpg)
.jpg)
.jpg)
.jpg)


.jpg)
.jpg)
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
