काठमाडाैँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताउनुभएकाे छ ।

काठमाडौंमा अमिन नेशनल म्युजिक अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताउनुभयाे ।मन्त्री बनिसकेपछि आफू सिधा उठाएर हिँड्ने सोहश्राद्धको बाहुनजस्तो भएको बताउनुभयाे ।