काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सशस्त्र युद्धताका सयौं निर्दोषको हत्या भएको भन्दै उनीहरूका परिवारले न्याय पाउनुपर्ने बताउनुभएकाे छ ।
सोमबार बिहान ट्वीटरमार्फत उहाँले हत्या जघन्य अपराध भन्दै अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको जिकिर गर्नुभएकाे हाे ।
थापाले लेख्नुभएकाे छ, ‘माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ । ‘हत्या’ लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन । हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
