• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नवदुर्गा भवानीको पूजाआरधना गरी आज चैते दसैँ पर्व मनाइँदै


  • खुला नेपाल
  • बुधबार, चैत्र १५, २०७९
  • 3.4K
    SHARES

काठमाडौँ । चैत अष्टमी अर्थात् चैते दसैँ पर्व आज नवदुर्गा भवानीको पूजाआरधना गरी मनाइँदै छ ।आज देशका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा शक्तिस्वरुपा भगवतीको दर्शन गर्न बिहानैदेखि भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

चैत र असोजमा गरी वर्षमा दुई पटक दसैँ बनाइने प्रचलन रहेको छ । यस समयमा दुर्गा पूजाको विशेष महत्त्व रहेको शास्त्रमा उल्लेख छ । तर असोजमा मनाइने बडादसैँ भन्दा चैते दसैँलाई भने कम महत्त्वको मानिन्छ ।

शक्तिस्वरुपा भगवतीको आराधना गर्नाले जस्तोसुकै सङ्कटबाट पनि पार पाउन सकिने सप्तशती, चण्डी, देवी भागवत, कालिकापुराण आदिमा उल्लेख छ ।

चैते दसैँको दिन काठमाडौँका दक्षिणकाली, शोभा भगवती, नक्साल भगवती, सङ्कटा, कालिका स्थान लगायतका शक्तिपिठमा दर्शनार्थीको घुँईचो लाग्ने गर्दछ।

प्रतिक्रिया