• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

आरआर क्याम्पसमा चैत २६ गतेलाई ताेकियाे स्ववियु निर्वाचन


  • खुला नेपाल
  • आइतवार, चैत्र १९, २०७९
  • 1.9K
    SHARES

काठमाडाैं । काठमाडाैंकाे प्रदर्शनी मार्ग स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ ।

आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हाे ।विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए ।

निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनकाे माग गर्दै आएका सत्ता गठबन्धनका विद्यार्थीसंगठन आज भने सहमति आएका छन ।

क्याम्पस प्रशासनले निर्वाचन अधिकृत परिवर्तन गर्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २६ लाई निर्वाचन गर्ने सहमति भएकाे हाे ।

प्रतिक्रिया