• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बुटवल–पाल्पा सडक खण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने


  • खुला नेपाल
  • सोमवार, चैत्र २०, २०७९
  • 1.3K
    SHARES

????????????????????????????????????

काठमाडौं । बुटवल–पाल्पा सडक खण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सिद्धार्थ राजमार्ग दैनिक ९ घण्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निर्माण कार्य सुरु गरेपछि आजदेखि दैनिक दुई वटा सिफ्टमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो ।

निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार सो खण्डमा माथिबाट खुकुला ढुङ्गाहरू खस्ने हुँदा सडक सुचारु गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजे तथा रातिको १० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक बन्द गरिन लागिएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार बसेको राजमार्ग सुरक्षा समितिको बैठकले काम सम्पन्न नभएसम्म सो सडक खण्ड निर्माण स्थल वरपर आउजाउमा समेत रोक लगाइएको छ । अर्को सूचना जारी नभएसम्म बन्द सो सडक खण्ड बन्द रहने जारी सूचनामा भनिएको छ ।

साथै, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने टयांकरलगायत अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने अवरोध नहुने सो बैठकको निर्णय छ ।सोही निर्णय अनुसार आजदेखि सो सडक दैनिक ९ घण्टा बन्द गरिन लागेको सार्वजनिक सूचना जारी गरिएको छ ।

 

प्रतिक्रिया