• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति माओवादीकाे नियमापत्ति


  • खुला नेपाल
  • बिहिबार, चैत्र २३, २०७९
  • 1.3K
    SHARES

काठमाडौं । प्रतिनिधिसभामा बिहीबारबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ ।

आकस्मिक समय लिएर बोल्नुभएका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउनुभएकाे छ । कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति जनाउनुभएकाे हाे ।

‘संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्काे देश ठूलो भएमा चाहिन्छ,’ शाहीले भन्नुभयाे, ‘तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

तर, शाहीको उक्त अभिव्यक्ति संसदको आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाउनुभएकाे हाे ।

प्रतिक्रिया