• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको प्रश्न : सिंहदरबारको फोहोर उठाउँदिन भन्न मिल्छ ?


  • खुला नेपाल
  • सोमवार, चैत्र २७, २०७९
  • 1.4K
    SHARES

काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह गैरजिम्मवार रुपमा प्रस्तुत भएको बताउनुभएको छ । सोमबार चितवनका पत्रकारसँग कुरा गर्दै श्रेष्ठले सिंहदरबार भित्रको फोहोर उठाउन रोक लगाएर साहले गैरजिम्मेवार काम गरेको बताउनुभयो । ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा यसरी भन्न मिल्छ कि मिल्दैन ?’ श्रेष्ठले प्रश्न गर्नुभयो ।

साहले केन्द्र सरकारले असहयोग गरेको कारण सिंहदरबारको फोहोर नउठाएको भनि लगाएको आरोपको पनि श्रेष्ठले खण्डन गर्नुभयो । संविधानअनुसार स्थानीय र प्रदेश सरकारसँग संघीय सरकार समन्वय गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । समन्वयको लागि प्रक्रिया पूरा गरेर आउनु पर्ने श्रेष्ठको भनाइ छ ।

महानगरपालिकाले बल प्रयोग गर्न अनुरोध गरेर मात्र समन्वय नहुने श्रेष्ठले बताउनुभयो । ‘स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर त हुँदैन’, श्रेष्ठले भन्नुभयो ।

 

प्रतिक्रिया