काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गर्नुभएकाे छ । उहाँले सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिनुभएकाे हाे । साउद आजै (आइतबार) मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।
शितलनिवासको सपथ सकिएलगत्तै सिंहदरबारमा आएर पदभार गरेका मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने बताउनुभयाे ।
उहाँले भन्नुभयाे,‘हामी प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
