• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा


  • खुला नेपाल
  • सोमवार, बैशाख ४, २०८०
  • 3.1K
    SHARES

काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टाेलीकाे घाेषणा भएकाे छ । काठमाडौंमा वैशाख ५ गतेदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा गरेकाे हाे ।

टोलीमा पौडेलसहित कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र सन्दीप जोरा वैकल्पिक खेलाडीमा छन् । प्रतियोगिता वैशाख ५ गतेदेखि वैशाख १८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । उद्घाटन खेल नेपाल र मलेसियाबीच मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रिमियर कपमा एसियाका टेष्ट खेल्ने बाहेकका १० एसोसिएट टोलीले प्रतिष्पर्धा गर्नेछन् । १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।  नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

प्रतिक्रिया