• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

चितवन-२ मा रवि लामिछाने झन्डै ३४ हजार मतान्तरले अघि


  • खुला नेपाल
  • मङ्लबार, बैशाख १२, २०८०
  • 2K
    SHARES

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मत गणना हुँदा लामिछानेले ४१५०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७६९५ छ। उनीहरूबीचको मतान्तर ३३८०९ छ।

चितवन-२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २१ हजार मात्र छ। अहिलेलै लामिछानेले प्रतिस्पर्धीसँग ३३ हजारको मतान्तर कायम गरेकाले उनको जित सुनिश्चित भएको हो।

प्रतिक्रिया