काठमाडौं । एसीसी प्रिमियर कपको सोमबार रोकिएको खेल सुरु भएको छ । यूएई र नेपाल बिच वर्षाको कारण रोकिएको सोमबारको फाइनल खेल आज पुनः त्रिवि क्रिकेट मैदानमा सुरु भएको हो । खेलमा नेपालाई यूएईले १ सय १८ रनको लक्ष दिएको छ । खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ ।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७ दशमलव ३ ओभरमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । आज सोही स्थानबाट इनिङ्स अगाडि बढाइएको खेलमा यूएई ३३ दशमलव १ ओभरमा अलआउट हुनु अघि १ सय १७ रन जोडेको छ । यूएईका लागि आसिफ खानले ४६ रन जोडे भने अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक चार विकेट लिए । यसै गरी करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । गुल्शन झा र सोमपाल कामीले एक/एक विकेट लिए । यो खेले जित्ने टिमले एसिया कप खेल्न पाउने छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
