• बिहिबार, अशोज २२, २०८३
  • Thursday 8th October 2026

ध्यान गर्न काठमाडौं आए आमिर खान


  • खुला नेपाल
  • आइतवार, बैशाख २४, २०८०
  • 3.1K
    SHARES

काठमाडौं – बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न काठमाडौं आएका हुन्। स्रोतका अनुसार उनको आज ७ बजेदेखि सिविर सुरू हुनेछ भने १८ तारिखमा सिविर सकिनेछ।

उनी १० दिन मौन बस्नेछन्। यसबीच उनलाई केही अत्यावश्यक सामान चाहिएमा स्वयमसेवीसँग कुरा गर्न पाउनेछन्। त्यस्तै गुरूसँग पनि बोल्ने पाउनेछन्।

पछिल्लो समय आमिर फिल्म ‘लाल सिंह चढ्डा’ मा देखिएका थिए। आमिर खानसँगै करीना कपूर खानको पनि मुख्य भूमिका रहेको ‘लाल सिंह चड्ढा’ धेरै वर्ष लगाएर बनेको फिल्म हो। अंग्रेजी फिल्म ‘फरेस्ट गम्प’ को रिमेक यो फिल्म बक्स अफिसमा भने फ्लप भएको थियो।

गत अगस्ट ११ रिलिज भएको यही फिल्मबाट आमिर खानले चार वर्षपछि बलिउडमा कमब्याक गरेका थिए।’मिस्टर परफेक्सनिस्ट’ का रूपमा चिनिने आमिरको यो फिल्म हिट हुने निकै आशा गरिएको थियो। तर यसले दर्शक रिझाउन सकेन। दर्शक तान्न नसकेपछि फिल्म रिलिज भएको केही दिनमै शोहरू रद्द भए।

एक सय ८० करोड भारू हाराहारीमा बनेको यो फिल्मले मुस्किलले विश्वव्यापी रूपमा एक सय ३० करोड भारू कमाएको थियो। फिल्मलाई अद्वेद चन्दनले निर्देशन गरेका हुन्।

पछिल्लो समय आमिर खान ‘गजनी’ को सिक्वेलको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

प्रतिक्रिया