काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाण पक्राउ परेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
बुधवार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उहाँमाथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
