• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

मेलम्चीको पानी वितरण जेठ १ गतेदेखि दुई हप्ता बन्द हुने


  • खुला नेपाल
  • आइतवार, बैशाख ३१, २०८०
  • 893
    SHARES

फाइल तस्वीर

काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया