• बिहिबार, मंसिर ११, २०८३
  • Thursday 26th November 2026

काभा महिला भलिबल च्यालेञ्‍ज कप : नेपालले आज किर्गिस्तानसँग खेल्दै


  • खुला नेपाल
  • सोमवार, जेष्ठ ८, २०८०
  • 2.9K
    SHARES

काठमाडाैं । एनएससी काभा महिला भलिबल च्यालेञ्ज कप आजदेखि सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुन लागेको प्रतियाेगिताकाे उद्घाटन खेलमा घरेलु टाेली नेपालले किर्गिस्तानसँग खेल्दैछ ।

नेपाल र किर्गिस्तानबीचकाे खेल त्रिपुरेश्वरमा रहेको राखेपको कभर्ड हलमा अपरान्ह साढे ४ बजे हुनेछ । त्यसअघि बिहान उज्वेकिस्तान र श्रीलंकाबीच प्रतिष्पर्धा हुनेछ । मध्यान्ह १२ बजे भारत र बंगलादेश भिड्ने छन् । माल्दिभ्स र काजकिस्तान आजै साँझ ७ बजे आम‍्नेसाम‍ने हुनेछन् ।

प्रतियोगितामा सहभागी ८ वटा टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान छन् ।

नेपालले भोलि बंगलादेशसँग र बुधबार भारतसँग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने खेलका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता वैशाख १४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया