• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफल आज सकिँदै, प्रधानमन्त्रीले जवाफ दिँदै


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ९, २०८०
  • 1.6K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले जेठ ५ गते संघीय संसद्‍मा प्रस्तुत गर्नुभएकाे सरकारको आगामी वर्षकाे नीति तथा कार्यक्रममाथिको छलफल राष्ट्रिय सभामा आज सकिँदैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नकाे जवाफ दिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । प्रधानमन्त्रीले जवाफ दिएपछि त्यसलगत्तै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ ।

प्रधानमन्त्रीकाे जवाफपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रममाथि परेका संशाेधन प्रस्तावलाई निर्णयार्थ पेस गर्नुहुने सम्भावित कार्यसूची छ । लगत्तै उहाँले नीति तथा कार्यक्रम कार्यक्रमलाई निर्णयार्थ पेस गर्नुहुनेछ ।

राष्ट्रिय सभामा तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा. विमला राई पाैड्यालले संशाेधन प्रस्ताव दर्ता गराउनुभएकाे छ । राष्ट्रिय सभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएकाे थियाे ।प्रतिनिधि सभामा भने जेठ ११ गते मात्रै छलफल सकिनेछ ।

प्रतिक्रिया