काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालको सूची बुझाएका छन् ।
मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाउँदै कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको उनले बताएका छन् ।उनले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा ध्यानाकर्षण गराएको बताए ।
कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै मेयर बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसी दिइएको उल्लेख गरेका छन् । उनले छुट सुविधा नदिने अस्पताल बन्द गराउने चेतावनी दिएका छन् ।
फेसबुकमा लेख्दै मेयर शाहले भनेका छन्ः
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
