• बिहिबार, मंसिर ११, २०८३
  • Thursday 26th November 2026

यू-२० महिला एसियन कप छनोट : नेपालले आज म्यानमारसँग खेल्दै


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ २३, २०८०
  • 1.6K
    SHARES

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल म्यानमारकाे यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ पाैने ६ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेलमा जुन ८ गते चीन तथा तेस्रो खेलमा जुन १० गते चाइनिज ताइपेइसँग खेल्नेछ । छनोटको समूह ‘बी’ मा नेपालसहित म्यानमार, चीन र चाइनिज ताइपेई छन् ।नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा प्यालेस्टाइन र उत्तरी मरियाना आइल्याण्डलाई समान ६-० ले हराउँदै दोस्रो चरणको यात्रा तय गरेको थियो ।  ​

प्रतिक्रिया