काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुदैँछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा ललितपुरमा एउटा तथा दशरथ रङ्गशालामा दुई वटा खेल हुदैँछन् ।
जसअनुसार च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी र न्युरोड टिम बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । रंगशालमा दोस्रो खेल भने साँझ ६ः०० बजेबाट सुरु हुनेछ । जुन खेलमा सङ्कटा र फ्रेन्डस क्लब आमुने सामुने रहनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
