• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

काखोभका बाँध भत्किँदा रुस–युक्रेन कसलाई फाइदा?


  • खुला नेपाल
  • बिहिबार, जेष्ठ २५, २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । रुसी कब्जामा रहेको दक्षिणी युक्रेनको खेरसान राज्यमा बाँध (ड्याम) भत्कियो। विशाल बाँध भत्किँदा तल्लो इलाकामा पानीको बाढी आयो। तर यो बाढीले कसलाई फाइदा गर्ला ?

रुस–युक्रेन दुवैले एक–अर्कालाई बाँध भत्काएको आरोप लगाएका छन्। गत वर्ष नर्ड स्ट्रिम पाइपलाइनमा विस्फोटको समस्या पनि अझै सुल्झिइसकेको छैन। यी दुवै विषयमा पश्चिमा देशले रुसमाथि आशंका गरेका छन्। तर दुवै आरोपलाई रुसले अस्विकार गर्दै उल्टै आफैंलाई क्षति पुर्याउने काम आफूले नगर्ने दाबी गरेकोछ।

उसोभए किन भत्काउँदै त रुसले ?

काखोभका बाँधको विषयलाई लिएर रुसले दुईवटा बिन्दुलाई आधार बनाई आफूलाई क्षति पुर्याउने दाबी गरेको हुन सक्छ। पहिलो, बाँध भत्किँदा निप्रो नदीआसपासको क्षेत्र डुबेको छ। जसले गर्दा रुसलाई आफ्ना सैनिक र नागरिकलाई खेरसान प्रान्तबाट सदूर पूर्वतिर जानुपर्यो। यसले खेरसाननिवासी, जसले रुसी तोपखाना र मिसाइलको हमलाबीच जिन्दगी बिताएका छन् उनीहरुलाई केही राहत दिन्छ।

यस्तै अर्को हो, रुसी नियन्त्रणमा रहेको क्राइमियामा पुग्ने पानीको व्यवस्थापन प्रभावित। किनकि क्राइमिया स्वच्छ पानीका लागि भत्किएको बाँधनजिकैको नहरमाथि निर्भर छ। सन् २०१४ मा क्राइमियामाथि रुसको अवैध कब्जापछि रुस–युक्रेन दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन्।

युक्रेनको जबाफी हमलो हो त?

काखोभका बाँध भत्किनुलाइ रुस–युक्रनेको सन्दर्भमा युक्रेनको जबाफी हमलाका रुपमा हेर्नुपर्छ। यसमा सफल हुन युक्रेनले गत वर्ष रुसले कब्जा गरेको इलाकामाथि रुसको दबदबा भंग गर्नुपर्छ। युक्रेनले कब्जा गरेको यो क्षेत्रले उसको क्राइमियाको पूर्वी डोनबास क्षेत्रलाई जोड्छ। यदि युक्रेनले जेपोरिजिया सहरको दक्षिणवर्ती इलाकामा रुसी कवचलाई तोडेर यसलाई दुई भागमा विभाजन गर्न सक्यो भने यसले क्राइमियालाई छिन्नभिन्न बनाउँछ।यो कदमले युक्रेनले रणनीतिक जित हासिल गर्न सक्छ। तर गत वर्ष फेब्रुअरीमा भएको आक्रमणबाट रुसले धेरै कुरा सिकेको छ।

प्रतिक्रिया