• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई


  • खुला नेपाल
  • शुक्रबार, जेष्ठ २६, २०८०
  • 1.8K
    SHARES

काठमाडौँ ।गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता  नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्‍यो । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो । महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना  गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

प्रतिक्रिया