काठमाडाैं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तानसँग खेलिरहेकाे छ ।हङकङकाे मोङ कोकस्थित मिशन रोड ग्राउण्डमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले याे समाचार तयार पार्दासम्म ३ विकेट लिइसकेकाे छ ।
थाइल्याण्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।
दाेस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ ।प्रतियोगितामा नेपाल रहेकाे समूह ‘ए’ मा हङकङ, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
