लन्डन। यसपटक बेलायतको न्यायिक प्रणालीको कमाण्ड महिला प्रधान न्यायाधीशको हातमा हुने भएको छ ।बितेका ७ सय ५५ वर्षमा बेलायतले पहिलो पटक महिला प्रधानन्यायाधीश पाउन लागेको हो । यसअघि प्रधानन्याधिसमा कुनै पनि महिलाले यो जिम्मेवारी हासिल गरेका थिएनन् ।
मिडिया रिपोर्टका अनुसार यस पटक ‘लर्ड चीफ जस्टिस अफ इंग्ल्याण्ड र वेल्सको पदका लागि अन्तिम दुई उम्मेदवार महिला छन् । जसमध्ये न्यायमूर्ति सु कार पुनरावेदन अदालतका न्यायाधीश हुन् भने भिक्टोरिया शार्प उच्च अदालतका वरिष्ठ न्यायाधीश हुन्।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
