• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

मर्ज हुन चाहने क्याम्पसलाई त्रिविले गर्‍यो निवेदन आह्वान


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • 1.1K
    SHARES

A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT

काठमाडौं । त्रिविअन्तर्गतका सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरूले मर्ज हुने चाहेमा निवेदन दिन सक्ने भएका छन्। पूर्णरूपले एक आपसमा गाभिई समायोजन हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरूलाई त्रिभुवन विश्वविद्यालयले निवेदन दिन भनेको हो।

‘नवीकरण अद्यावधिक भएका त्रिविबाट सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पसहरू पूर्णरूपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा ती क्याम्पसहरूले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराइ २०८० आषाढ मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सम्बन्धित सबै इच्छुक क्याम्पसहरूलाई सूचित गरिन्छ,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ।

समायोजन बापत कुनै शुल्क नलाग्ने बताइएको छ।क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरू, नवीकरण पत्रहरू र अक्षयकोषको रसिद आदि कागजात निवेदनसाथ सलग्न गर्नुपर्ने त्रिविले बताएको छ।

प्रतिक्रिया