काठमाडौं । नेकपा एमालेका सांसद् कृष्णगोपाल श्रेष्ठले देशकै पहिलाे काठमाडौं-नौबिसे सुरुङमार्ग निर्माणकाे गति बढाउन सरकारकाे ध्याकर्षण गराउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले राष्ट्रिय गाैरवकाे साे आयाेजना निर्माणकाे काम असाध्यै ढिलाे भएकाे भन्दै निर्माणमा गति बढाउन आवश्यक रहेकाे बताउनुभयाे ।
सुरुङ मार्ग निर्माणका क्रममा भएको ब्लाष्टिङका कारण त्यस वरपरका घरमा क्षति पुगेको भन्दै उहाँले त्यसबारे अध्ययन गरेर क्षति भएका घरलाई तत्काल क्षतिपूर्ति दिन सरकारसँग माग गर्नुभयाे । सांसद् श्रेष्ठले भन्नुभयाे – ‘सुरुङ निर्माणको क्रममा भित्र ढुंगा ब्लाष्टिङ गर्दा त्यसको ब्लाष्टिङले वरपरका घरहरू चर्किन थालेको छ, त्यसकारण सुरुङ मार्ग परियोजनाले ती घरहरूमा यथास्थिति जे जस्तो छ त्यसको अध्ययन गरेर क्षति भएका घरलाई तत्काल सरकारले क्षतिपूर्ती गरोस्, त्याे वस्तिलाई सुरक्षित र व्यवस्थित बनाओस् ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
