• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

गुण्डा र अपराधीहरूको देशमा बाँच्नु छैन, सत्याग्रह थाल्छु : प्रेम चलाउने


  • खुला नेपाल
  • सोमवार, असार ४, २०८०
  • 1.7K
    SHARES

काठमाडौं । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ता माथि अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन सरकारले गरेको निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाडौं पुग्नुभएका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चलाउनेसहित उहाँका समर्थकलाई पक्राउ गरेको हो । उहाँहरूलाई प्रहरीले अदालत अगाडिबाट गिरफ्तार गरेको छ ।

उहाँ माथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यान मुद्दा चलिरहेको छ । सो मुद्दाको भोलि पेशी तोकिएको छ । तर मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा बुझाएको छ ।

मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय विरुद्ध चलाउनेले सत्याग्रह थाल्ने घोषणा गर्नुभएको छ । ‘यो गुण्डा र अपराधीहरूको देशमा मलाई बाँच्नु छैन, सत्याग्रह थाल्छु’, उहाँले भन्नुभयो ।

आफूलाई बन्द इजलास र सरकारले न्याय नदिएको उहाँले बताउनुभयो । । अब न्याय खोसेर लिने उहाँले चेतावनी दिनुभयो । त्यसको लागि गुहार माग्न सडकमा आएको उहाँले बताउनुभयो

प्रतिक्रिया