काठमाडौं । जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ सेमिफाइनलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ ।नेपालले साताैं स्थानका लागि आयरल्याण्डसँग खेल्न लागेकाे हाे । नेपाल र आयरल्याण्डबीचकाे खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
नेपालले प्लेअफको सेमिफाइनलमा युएईलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयरल्याण्डले सेमिफाइनलमा अमेरिकालाई पराजित गर्दै फाइनलमा पुगेको हो ।नेपालले युएईलाई ३ विकेटकाे पराजित गरेकाे हाे ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
