• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप


  • खुला नेपाल
  • बुधबार, असार २०, २०८०
  • 2.3K
    SHARES

काठमाडौँ । पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मङ्गलवार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा‍‍.सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उहाँले बताउनुभयो । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागिएको हो ।एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

प्रतिक्रिया