• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८०काे उपाधि राजेन्द्र राई/लीलाबहादुर थापाको टिमलाई


  • खुला नेपाल
  • बुधबार, असार २०, २०८०
  • 1.8K
    SHARES

काठमाडौं । मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० उपाधि राजेन्द्र राई/लीलाबहादुर थापाको टिमले जितेको छ । जननेता मदन भण्डारीको ७२ औ जन्म जयन्तीको अवसरमा बुधबार नेपाल खेलकुद महासंघले आयोजना गरेको सो प्रतियोगितामा यज्ञराज सुनुवार/दिलमान पाख्रिनको टिमलाई पराजित गर्दै उहाँहरू विजेता बन्नुभएको हो । पराजित टोली प्रतियोगितामा दोस्रो भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गर्नुभएको खेलमा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले भाग लिनुभएको थियो । रिभाइभ लिजर पार्क महालक्ष्मीस्थान ललितपुरमा भएको प्रतियोगितामा कमला थापा/गणेश थापाको टिम र भानुभक्त ढकाल/नवराज सिलवालको टिम तृतीय भएका छन् ।

सेमिफाइनल टिममा पराजित दुवै टिमले तृतीय स्थान प्राप्त गरेका महासंघका कोषाध्यक्ष उज्वल सुवेदीले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी खेलाडीलाई राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको छ ।

प्रतिक्रिया