काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले नेपाली जनताको भावनामा चोट पुगेको बताउनुभएको छ ।
आफूलाई प्रधानमन्त्री बनाउन एक भारतीय नागरिकले दिल्ली र नेपालका राजनीतिक दलाई भेट्न दौडिएको भनि प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति संसद् र नेपाली मनको स्वाभिमानमा ठेस लागेको पन्तले बताउनुभयो । ‘हाम्रो मनमा बादल लागेको छ, प्रत्येक नेपालीको स्वाभिमानमा ठेस लागेको छ, नेपाल रोएको छ, नेपालको स्वाभिमान गिरेको छ’, उहाँले भन्नुभयो ।
नेपालको प्रधानमन्त्री बनाउन नेपाली जनता तिर फर्कने हो कि दिल्ली तिर जाने हो ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान माथि प्रहार भएको उहाँले बताउनुभयो ।
उहाँलाई बोल्ने क्रममा सभामुखले अभिव्यक्ति छोट्याउन आग्रह गर्दा आजको विषय समयले रोक्ने विषय नभएको बताउनुभयो । देशेका विषय कुने समयले रोक्ने विषय नभएको उहाँले प्रष्ट पार्नुभयो ।
प्रचण्डलाई नैतिकताको आधारमा अब प्रधानमन्त्री पदमा बस्ने अधिकार नरहेको उहाँले बताउनुभयो । अब दिल्ली तिर नफर्कने व्यक्तिलाई संसद्ले प्रधानमन्त्री बनाउने पन्तले बताउनुभयो । नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको बताउँदै उहाँले नेपाली मोडलको लेण्डुप दोर्जे नचाहिएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म संसद् बैठक अघि नबढ्ने उहाँले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
