काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैनिक रूपमा सडक दुर्घटना बढेपछि चिन्ता व्यक्त गर्नुभएको छ । नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको भन्दै अध्यक्ष ओलीले यसबारे सूक्ष्म अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।
‘पछिल्लो तीन महिना नेपालमा प्रतिदिन ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको रेकर्ड सार्वजनिक भएको छ, दुर्घटनाका कारणहरू हाम्रा सडक पूर्वाधार, सडक अनुशासन, ट्राफिक नियमको पालना र सवारी साधनको स्थिति लगायत अनेकौँ हुन सक्छन्,’ ओलीले भन्नुभएको छ, ‘यस विषयमा सूक्ष्म अध्ययन र अनुसन्धान हुन जरुरी देखियो ।’नेपालमा सडक दुर्घटना दिन प्रतिदिन हुँदै आएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
