• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का


  • खुला नेपाल
  • सोमवार, असार २५, २०८०
  • 1K
    SHARES

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले आजदेखि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने  जनाएको छ । महालेखाले यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन् । महालेखाका अनुसार प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन ।

राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरू आज साटिने छन् तर आजबाट नयाँ चेक जारी गर्न नपाइने महालेखाको सूचनामा भनिएको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था गरेको छ ।  तर, नियमावलीले सङ्घ सरकारलाई रकमान्तर गर्दै खर्च गर्ने छुट दिएको छ ।

प्रतिक्रिया