• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै, नीति महाधिवेशनको मिति मुख्य एजेन्डा


  • खुला नेपाल
  • बुधबार, असार २७, २०८०
  • 1.2K
    SHARES

काठमाडौँ  । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भएअनुसार केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेबाट बैठक सुरु हुनेछ ।

अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक वर्षपछि बस्न लागेको केन्द्रीय समिति बैठकमा यसबिचमा भएका निर्णयहरू अनुमोदन गराउनेदेखि भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्न बिचार गरिने जनाइएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशनले सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा निर्णय गरिनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।साथै, सङ्गठनको कार्य योजना, कार्य तालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया