• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राष्ट्रिय सभा बैठक आज बस्दै, बजेटमा उठेका प्रश्नकाे सम्बन्धित मन्त्रीले जवाफ दिँदै


  • खुला नेपाल
  • बुधबार, असार २७, २०८०
  • 1.5K
    SHARES

काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने बैठकमा विनियोजन विधेयक, २०८० माथि मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।

त्यसपछि बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।

त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया