• बिहिबार, मंसिर ११, २०८३
  • Thursday 26th November 2026

एसिया कप क्रिकेटकाे खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र पाकिस्तान खेल्ने


  • खुला नेपाल
  • बिहिबार, साउन ४, २०८०
  • 2K
    SHARES

काठमाडाैं । एसीसी एसिया कप क्रिकेट प्रतियोगिता, २०२३ को खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले पाकिस्तान र श्रीलंकामा आयाेजना हुने प्रतियाेगिताकाे खेल तालिका बुधबार सार्वजनिक गरेको हाे । साे प्रतियाेगिता अगष्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१ गते) सम्म सञ्चालन हुनेछ ।

खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्नेछ । उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।

एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा र ९ खेल श्रीलंकामा हुनेछन् ।

प्रतिक्रिया