काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीले यस वर्ष ४५ औँ पुष्पलालको स्मृति दिवस उहाँकै जन्मथलो रामेछापमा मनाउने भएको छ । शुक्रबार अर्थात् साउन ७ गते उहाँको जन्मस्थल रामेछापमा एमालेले केन्द्रीय कमिटीको आयोजना तथा जिल्ला कमिटी रामेछापको आयोजनामा स्मृति दिवस कार्यक्रम हुन लागेको हो । कार्यक्रम नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुन लागेको नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जनाकारी दिनुभयो ।
कँडरीका अनुसार ७ गते बिहान पुष्पलालको जन्मथलो भँगेरीमा संक्षिप्त कार्यक्रम आयोजना गरिने भएको छ । भँगेरीमा पुष्पलाल स्मृति पार्क निर्माणको काम भई रहको छ ।
सो स्थानमा सरकारले जग्गा अधिग्रहण गरी पार्क निर्माणको काम गरिरहेको छ । पार्कमा सभा हल लगायतका केही संरचना तयार भएका भए पनि पुष्पलाल लगाएका कम्युनिष्ट पार्टीका संस्थापकहरूको प्रतिमा राख्ने, पार्क निर्माण गर्ने लगायतका काम बाँकी नै छन् । प्रतिमाहरू काठमाडौंमा तयार भइसकेका भए पनि पार्कका आवश्यक पूर्वाधार नबनिसकेकाले जिल्ला नल्याएको कँडरियाले जानकारी दिनुभयो ।
हालसम्म भएको कामको प्रगतिको बारेमा महासचिवलाई जानकारी गराउने तथा थप कामलाई शीघ्रातिशीघ्र सम्पन्न गराउन पहल गर्नकाे लागि दबाब दिन उहाँलाई वस्तुस्थितिको जानकारी गराउन बिहान संक्षिप्त कार्यक्रम गर्न लागिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
स्मृति दिवसको वृहत् कार्यक्रम भने दिउँसो सदरमुकाम मन्थली स्थित तीन लाल पार्कमा हुने भएको छ । तीनलाल पार्कमा नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, सहिद गङ्गा लाल र कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमामा माल्यार्पण गरेपछि औपचारिक कार्यक्रम सुरु हुने सचिव कँडरियाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाकाले कम्युनिष्ट आन्दोलनमा उहाँको भूमिकाको विषयमा प्रवचनका साथै जिल्लामा विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
